!= DofUbL lhNnf kl/ro

नेपालका ७७ जिल्ला मध्य गण्डकी प्रदेश अन्तर्गत पर्ने हिमाली जिल्लाको रुपमा रहेको यस जिल्ला समुद्री सतहबाट ७९३ मिटर (साविक रत्नेचौर गाविस) देखि ८१६७ मिटर (धवलागिरी हिमाल) सम्म अग्लो पहाडी तथा हिमाली भागमा अवस्थित छ । यो जिल्ला २८० २0 " उत्तरदेखि २८० ४७" उत्तरसम्म तथा 83० 0८" पूर्वदेखि ८३० ५३" पूर्व देशान्तर बीच फैलिएको छ ।यस जिल्लाको सीमाना पूर्वमा कास्की र पर्वत पश्चिममा डोल्पा र रुकुम पूर्व, उत्तरमा मनाङ र मुस्ताङ तथा दक्षिणमा बागलुङसँग जोडिएको छ । यस जिल्लाको क्षेत्रफल 2297.06 वर्ग किमी (229706 हेक्टर) रहेको छ । यस जिल्लामा बेसी समथर क्षेत्र ८ प्रतिशत, उच्च पहाडी क्षेत्र 56 प्रतिशत तथा हिमाली क्षेत्र ३६ प्रतिशत रहेको छ ।जिल्लाको सदरमुकाम वेनीबजार संघीय राजधानी काठमाडौँबाट २९० किमि उत्तर पश्चिम दुरिमा अवस्थित छ ।

क. जिल्लाको नामाकरण

जिल्लाको नाम म्याग्दी रहनुमा थुप्रै किम्बदन्तीहरु रहेको पाइन्छ । जसअनुसार इतिहासमा प्रसिद्ध पर्वत राज्य अन्तर्गत पर्ने यस म्याग्दी जिल्लाको नामाकरण 2018 सालको जिल्ला विभाजनमा प्रथमपटक भएको पाइन्छ ।प्रसिद्ध हिमशिखर, तालतलैया,नदीनाला र धार्मिक स्थलको नाउँबाट अञ्चल तथा जिल्लाको नामाकरण गर्ने शिलशिलामा त्यतिबेलाको जिल्ला विभाजन अनुसार झण्डै सिंगो जिल्लाभरी नै फैलिएको नदी म्याग्दीको नामबाट यस जिल्लाको नामाकरण गरिनु स्वभाविक र युक्तिसंगत नै देखिन्छ । जिल्लाको पश्चिमदेखि दक्षिणपूर्व बग्ने नदीको नाम म्याग्दी रहनुमा निम्नलिखित कारणहरु उल्लेख गरिएको पाइन्छ ।

  • एक थरीको विचारमा दुर्गा सप्तसतिमा वर्णित जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी भन्ने पद्यांशको देवी भगवतीको सय नाम मध्ये एक मंगला नामबाट नै नदीको नाम रहेको र कालन्तरमा अपभ्रंश भई म्याग्दी रहन गएको हो ।
  • अर्को थरीको विचारमा नदीको पुरानो नाम माया नदी रहेको र यसको अपभ्रंश हुन गई म्याङ्गदी हुँदै म्याग्दी भएको हो ।
  • समालवंशी मल्ल राजाहरुले पर्वत राज्यको एकिकरण गर्नुपूर्व यो नदीको उद्‌गमस्थलदेखि कालीगण्डकीमा विलय हुँदासम्मको सम्पूर्ण भू-भाग (ताकम, पुलाचौर र ज्यामरुककोट) मा थापा मगरहरुको राज्य थियो ।त्यसैले यस नदीको नामाकरण मगर भाषाबाट भएको हुनुपर्दछ ।वंशावली अनुसार ती थापाहरु मेङ उपथरका मगर थिए जसले गर्दा यस नदीको नाम थापा नदी: मेङ भनेको थापा र दी भनेको नदी रहन गयो । मगर जातिको जनजिब्रोमा अझैपनि म्याग्दी नदीलाई मेङ्दी भनेर भनिन्छ र यहि मेङ्दी नै पछि गएर म्याग्दी रहन गएको हो ।